म गाउँको मान्छे शहर न्यास्रो लाग्छ
यो अनकन्टार शहर मलाई बिशाल-बिशाल लाग्छ
यद्दपी यो सहर मानावतारहित बिशाल खाडल लाग्छ
सडकको हर कोही मलाई आफ्नो लाग्छ
म हर मान्छेको मुस्कानलाइ खुसि ठान्छु
म हर मान्छेको मलिन अनुहारमा दुख देख्छु
तर अफसोस... म तिनको अभिनय बुझ्दिन, झेल बुझ्दिन
अनि बेस्कन धोका खान्छु, हिजो, आज र साएद भोलि पनि...
मानिस एकै नासे भए कस्तो बेस हुन्थ्यो...
जाल-झेल सबै हटे कस्तो जाति हुन्थ्यो...
सबैमा विश्वास भए मन कति खुसि हुन्थ्यो...
हर कतै शान्ति भए, हिंसा कता पो जुर्मुरौथ्यो???
शुभ तिहार...आशा गरौँ यो तिहारले हाम्रो भातृत्व, मनबता, शान्ति को चाहना र समुन्नत नेपालको आशालाई अझ बलियो पार्दै, हामी बिचको सम्बन्धलाई अझ सुधार गर्दै लागोस...
- १९ कार्तिक २०७०, भाइ टिका (किजा पुजा), दितिया